सिमली छायाँमा बसी, छेकेर छेकिन्न, रोकेर रोकिंदैन,चाहिँदैन मलाई सिसाको महल पक्कै यी गीत सुन्नुभएको होला। यी गीत गायक जीवन शर्माले गाएका हुन उनका यी गीत धेरै चर्चित छन। नयाँ वर्ष २०७६ को अवसरमा ओएनयूएफ न्यू साउथ वेल्स अस्ट्रेलियाले आयोजना गरेको सांगितीक कार्यक्रममा भाग लिन आएका गायक शर्माले सो कार्यक्रममा भब्य सांगीतिक प्रस्तुती दिए।
सिड्नीको रकडेल स्थित इन्द्रेणी फङ्सन सेन्टरमा अप्रिल १६ तारिख मंगलबार साँझ ६ बजेबाट सुरु गरिएको सो कार्यक्रममा गायक शर्माले सिमली छायाँमा बसी बोलको गीत गाउंदा सबै दर्शकहरु उत्साहित बने र आफ्नो स्थानबाट उठेर छमछमी नाचे। डिनर सहितको सो कार्यक्रमको टिकट ३० अष्ट्रेलियन डलर तोकिएको थियो भने त्यसमध्ये ८ अष्ट्रेलियन डलर नेपालको हावाहुरी प्रभावितका लागि खर्च गरिनेछ आयोजकले बताएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले अध्यक्षता निर्वाह गरेका थिए भने सचिव कृष्ण सापकोटाले कार्यक्रम संचालन गरेका थिए। सो कार्यक्रममा रमेश पाण्डे, धर्मराज अधिकारी,देवगुरुङ्ग,साथै हिमलाल गैरे,लगायतको मन्तब्य रहेको थियो। सो कार्यक्रममा चुन्न क्षेत्रीले स्वागत मन्तब्य राखेका थिए भने डिजेको रुपमा सुसिल रहेका थिए।









