एजेन्सी । दक्षिण अफ्रिकाका महान क्रिकेटर ज्याक्स कालिसले पनि भारतीय क्रिकेटर विराट कोहलीलाई महान खेलाडी भनेका छन् । उनले विराटलाई ठुलो उपमा दिनु पछाडीको कारण खुलाउँदै भनेका छन्, ‘विराटले धेरै मेहनत गरेका छन् । उनिमा अझै राम्रो गर्ने भोक छ । यति बावजुद उनी आफ्नो महान सफलतालाई पनि सरल राख्न सफल छन् । ’
विराटले ३० वर्षको उमेरमा ६६ वटा अन्तर्राष्ट्रिय शतक प्रहार गरिसकेका छन् । उनले भारतीय लेजेण्ड सचिन तेन्दुलकरको किर्तिमान तोड्न सक्छन् भन्ने प्रश्नमा कालिसले भने, ‘यसको जवाफ विराटले नै दिन सक्छन् । ’
विराट कोहली अहिले सम्म फिट रहेको र कडा मेहनत गरिरहेको कालिसको कथन छ । उनको प्रशंसा गरेका कालिसले उनले अहिलेको मेहनत कायम राखे विराटले चाहेको सबै लक्ष्य प्राप्त गर्न उनि सक्षम रहेको बताए ।
ज्याक्स दक्षिण अफ्रिकाका सर्वकालीन महान ब्याटसम्यान हुन् । उनले टेष्ट क्रिकेटमा १३२८९ रन बनाएका छन् भने एकदिवसिय अन्तर्राष्ट्रियमा ११५७९ रन बनाएका छन् । उनले कुल ६२ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । अलराउन्डरका रुपमा खेलेका उनले टेष्ट र एकदिवसियमा गरी कुल ५६५ विकेट पनि लिएका छन् ।








