काठमाडौंमा चिसो बढ्यो,उपत्यकाभित्रै हिमपात

काठमाडौं । काठमाडौं उपत्यकाभित्र हिमपात भएको छ । बुधबार रातिदेखि वर्षा भएपछि ललितपुर जिल्लाको लाकुरी भन्ज्याङसहितका विभिन्न स्थानमा हिमपात भएको छ । बुधबार काठमाडौं उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परेको थियो ।

हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ ।
शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु