संविधानको कार्यान्वयनबाट प्रगतिको ढोका खुल्ने ः उपराष्ट्रपति

 

 काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको कार्यान्वयनबाट देशमा प्रगतिको ढोका खुल्ने बताएका छन् । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको पाँचौँ दीक्षान्त समारोहमा सूचना प्रविधि र व्यवस्थापन विषयमा उच्चशिक्षा हासिल गर्ने ३०० छात्रछात्रालाई आज प्रमाणपत्र वितरण गर्दै उपराष्ट्रपति पुनले आफूले पाएको ज्ञानलाई राष्ट्र निर्माणमा उपयोग गर्न आग्रह गरे । फाउन्डेसनका संस्थापक अध्यक्ष पि केजरीवालले उच्चस्तरीय शिक्षा प्रदान गर्दै आएको यस कलेजले हालसम्म ६००० विद्यार्थी उत्पादन गरिसकेको बताए ।

सम्बन्धित शिर्षकहरु