चौतर्फी दवावपछि डा. केसीले तोडे अनशन, विधेयक प्रमाणिकरण नगर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौं । चिकित्सा शिक्षा विधेयककाे विराेधमा आमरण अनशनमा बसिरहेका डा. गाेविन्द केसीले २४ औं दिनका दिन अनसन ताेडेका छन् । टिचिङ अस्पतालका कुचिकार अमृत पुजारी, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वप्रधानन्यायाधीश सुशील कार्कीको हातबाट जुस पिउँदै उनले अनसन तोडेका हुन्।

आजै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका अध्यक्ष केदारभक्त माथेमालगायतले अनसन तोड्न केसीलाई छुट्टाछुट्टै रुपमा आग्रह गरेका थिए । चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले स्वास्थ्यको रक्षार्थ सत्याग्रहको कार्यक्रममा पुनर्विचार उनीहरुले अनुरोध गरेका थिए। उनीहरुले डा केसीलाई ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले स्वास्थ्यको रक्षार्थ सत्याग्रहको कार्यक्रममा पुनर्विचार उनीहरुले अनुरोध गरेका थिए। उनीहरुले डा केसीलाई ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गरिसकेको छ ।

सम्बन्धित शिर्षकहरु