एजेन्सी, भारतमा बुधबार एक गरिब नागरिकले आफ्नी पत्नीको शव १० किलोमिटरको दुरीसम्म एक्लै काँधमा बोकेर हिँडेका छन् । उनले त्यसरी शव बोकेर हिडेको दृष्य भारतीय टेलिभिजन च्यानलहरुले नै प्रशारण गरेका हुन् ।
यस घटनासँगै भारतभित्रको अव्यवस्था र नागरिकप्रति सरकारी संयन्त्रको उदासिनता प्रष्ट भएको छ ।
भारतीय संचारमाध्यमका अनुसार उडिसाको भवानीपुरास्थित अस्पतालमै उपचार गर्ने क्रममा उनकी पत्नीको मृत्यु भएको थियो ।
दाना माझी नाम गरेका ती पुरुषले अस्पताल प्रशासनसँग शवलाई आफ्नो गाउँसम्म लैजाने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । शव बाहनलाई तिर्ने रकम नभएका कारण उनले अस्पताल प्रशासनसँग सहयोग माग गरेका थिए ।








