आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने ‘कांग्रेस निकट चिकित्सकहरु’को घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले शुक्रबार (भोलि) १ दिनका लागि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ। बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरेपछि संघले आन्दोलनको घोषणा गरेको हो ।

डा. गोविन्द केसीको जीजन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो । डा. केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले भोलि शुक्रबार सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

चिकित्सक संघले डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गरिरहेको छ । डा. केसी २३ दिनदेखि अनसनमा छन् ।

सम्बन्धित शिर्षकहरु