अलाइना बि तप्लेज नेपालका लागि नयाँ अमेरिकी राजदूत

Us_envoy_to_nepal_काठमाडौं,अमेरिकी राष्ट्रपति बाराक ओबामाले अलाइना बि तप्लेजलाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गर्नु भएको छ । हृवाइट हाउसले शुक्रबार जारी गरेको वक्तव्यमा  राष्ट्रपति  ओबामाले नेपालका लागि नयाँ राजदूतमा अलाइना बि तप्लेजलाई प्रस्ताव गर्नु भएको उल्लेख गरिएको छ ।

अमेरिकी सिनेटले तप्लेजको नाम अनुमोदन गर्न भने बाँकी छ । यस अघि नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडे रहनु भएको थियो ।
तप्लेज हाल विदेश मन्त्रालयको मिटिस्टर काउन्सिलर पदमा कार्यरत छिन् । तत्लेजले यसअघि दुईपटक दक्षिण एशियाली मुलुकमा काम गरिसक्नु भएको छ । सन् २००७ देखि दुई बर्षसम्म ढाकास्थित अमेरिकी दूतावासमा र सन् २०११ देखि एक बर्षसम्म अफगानिस्तानस्थित दूतावासमा उहाले काम गर्नु भएको थियो ।
सन् २००९ देखि २०११ सम्म अमेरिकी बिदेश मन्त्रालयको पूर्वी, दक्षिण र मध्य एशिया हेर्ने बिभागको निर्देशकको रुपमा तप्लेजले जिम्मेवारी सम्हाल्नु भएको थियो ।

सम्बन्धित शिर्षकहरु