उपत्यकासहित मुलुकका अधिकांश भागमा मौसम बदली,पूर्वी पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं । आज बिहानैदेखि काठमाडौ उपत्यकासहित मुलुकका अधिकांश भागमा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित मध्य पूर्वका क्षेत्रमा मौसम बदली भएको जनाएको छ । पश्चिमी वायुको प्रभाव पूर्वतिर सर्दै र घट्दै महाशाखाले जनाएको छ ।

दिउँसो पूर्वका पहाडी क्षेत्र र मध्य क्षेत्रका केही पहाडी भूभागमा पनि बदली हुने सम्भावना रहेको महाशाखाको अनुमान छ । पूर्वको पहाडी क्षेत्रका केही ठाउँमा छिटफुट पानी पर्ने सम्भावना रहेपनि दिउँसोपछि भने मौसम सफा हुने महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा बिहान हुस्सु लागे पनि दिउँसो घाम लाग्ने छ । यस्तै उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

यसैबीच, काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रममा केहि सुधार भएको छ । आज बिहान ६ बजेको न्यनूतम ताक्रम ४.५ डिग्री सेन्टिग्रेड मापन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहान मौसम खुल्न केही समय लागे पनि दिउसो भने काठमाडौं उपत्यकाको मौसम सफा रहने जनाएको छ ।

मंगलबार काठमाडौं उपत्यकाको बिहान ६ बजेको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस रहेको थियो । महाशाखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रको मौसममा अझै केही दिन उतारचढाव आउने जनाएको छ ।

सम्बन्धित शिर्षकहरु