नेपाली बा-आमा को सिड्निमा सामुहिक भ्रमण

581863_994532617252212_1080784308793178973_n असनेपालन्युज सिड्नी । अष्ट्रेलियामा भ्रमण भिषामा आईपुग्नु भएका अभिभावकहरूले अस्ट्रेलियाको विभिन्नस्थानमा सामुहिक यात्रा गर्नु भएको छ । जसनुसार गतसाता न्यु कासल ,सोल विच , स्यान्ड ड्युन लगायतका क्षेत्रमा उहांहरूले सामुहिक भ्रमण गरि त्यहांको नविन प्रविधि, कृषि प्रणाली , स्टिल उद्द्योग लागयतका क्षेत्रको जानकारी हासिल गर्नु भयो । ‘क्यान्टुवरी नेप्लिज कम्युनिटी’ नामक संस्था गठन गरि उहांहरूले यस्तो सामुहिक तिर्थ ,अवलोकन जस्ता यात्राा गर्दै आउनु भएको छ । संस्थाका सचिव गणेश गौतम ‘यस्तो भ्रमणले हामीहरूलाई अस्ट्रेलियाका नविनतम प्रविधिसँग परीचित गराएको मात्र हैन बरू नेपालको न्यास्रो पन समेतलाई विर्साइदिएको असनेपालन्युजलाई बताउनु भयो । सो यात्रा टोलिमा करीव ५७ जना बा-आमा हुनुहुन्थ्यो । उहांहरूले यस्तो यात्रा हरेक महिना गर्दै आउनु भएको छ ।सो अवसरमा नेपाली बा -आमाहरूलाई आचार्य राजन शर्माद्वारा  सरल जीवन कला , योग ध्यान , प्रणयाम हास्य योग गराइेको थियो ।

सम्बन्धित शिर्षकहरु