इपिएल क्रिकेट अन्तरगत ललितपुरद्वारा काठमाडौं किंस ७ विकेटले पराजित

काठमाडौं । इपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत ललितपुर प्याट्रियट्सले काठमाडौं किंस इलाभेनलाई सात विकेटले पराजित गरेको छ ।

अाज त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा ललितपुरले काठमाडौं किंसलाई हराएको हो । काठमाडौंले दिएको ९० रनको लक्ष्य ललितपुरले १६.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो ।

ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक नटआउट ४४ रनको योगदान गरे । उनले ४७ बल खेल्दै ४ चौका र २ छक्का हिर्काए भने ज्ञानेन्द्र मल्लले २० रन बनाउँदा राजबिर सिंहले १४ रनको योगदान गरेका थिए ।

काठमाडौंका लागि अक्क्षु फर्नान्डोले २ विकेट लिएका थिए भने जितेन्द्र मुखियाले १ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८.३ ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियो । काठमाडौंको ब्याटिङ विरूद्द सुबोधकुमार भाटीले ४ विकेट लिएका थिएखभने ललित राजवंशीले ३ विकेट लिन सफल भएका थिए । यस्तै मेहबुब आलमले २ विकेट लिएका थिए ।

सम्बन्धित शिर्षकहरु