निर्मला हत्या प्रकरणः आईजीपी सहित विज्ञको टोली कञ्चनपुरतर्फ,आँखा नेपाली सेनामाथि !

काठमाडौं । निर्मला पन्त हत्याको अनुसन्धानलाई नयाँ सीराबाट सुरु गर्न भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित अपराध अनुसन्धानका विज्ञको टोली कञ्चनपुरतर्फ लागेको छ । काठमडौंबाट मंगलबार हिँडेको टोली चितवन हुँदै कञ्चनपुतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो ।

टोलीमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी निरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी, एसपी रामदत्त जोशी, अपराध महाशाखाका सई गजेन्द्र रावललगायत छन् । कञ्चनपुर पुगेर टोलीले घटनास्थलको निरीक्षण गर्ने, निर्मलाका बाबुआमालाई भेट्ने र अहिलेसम्म भएका अनुसन्धानका आधारमा नयाँ सिराबाट अनुसन्धान सुरु गर्ने कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धान टोलीले नजिकै रहेको आर्मी ब्यारेकबाट घटना भएको दिन निस्किएका सैनिक जवानहरुमाथि अनुसन्धानबारे पनि टुंगो लगाउने छ । हालसम्म पक्राउ परी अनुसन्धान भइरहेकामाथि नयाँ कोणबाट अनुसन्धान गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु