
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा १२ को परीक्षा वैशाख १४ देखि २७ गतेसम्म हुनेछ । परीक्षा समय बिहान ७ बजेदेखि १० बजेसम्म तोकिएको छ ।









