काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले गर्ने युएई भ्रमणका क्रममा तीन एकदिवसिय र तीन ट्वान्टी ट्वान्टी अन्तरास्ट्रीय खेल खेल्ने भएको छ । तालिका अनुसार नेपाल माघ ८ गते दुबई पुग्ने छ भने माघ नौं र १० गते अभ्यास गर्ने कार्यक्रम रहेको छ ।
नेपालले एकदिवसिय मान्यता पाए पछि यो दोश्रो भ्रमण हो । नेपालले जिम्बाब्वेमा आयोजना भएको बिश्वकप छनोट पछि चार वर्षको लागि एकदिवसिय मन्यता पाएको थियो र नेपालले अगष्टमा नेदरल्यांड्स विरुद्ध उसकै घरेलु मैदानमा दुई एकदिवसिय खेल खेलेको थियो जसमा एकमा जित र एकमा हारको सामना गरेको थियो ।
नेपालले पहिलो एकदिवसिय खेल माघ ११ मा खेल्ने भएको छ । त्यस्तै दोश्रो एकदिवसिय माघ १२ मा हुने छ भने माघ १३ मा रेस्ट डे रहेको छ । नेपालले युएई बिरुद्धको तेश्रो तथा अन्तिम एकदिवसिय खेल माघ १४ मा खेल्ने छ ।
नेपालले माघ १५ मा बिश्राम गर्ने र माघ १६ मा अभ्यास गर्ने कार्यक्रम पनि रहेको छ ।
नेपालले माघ १७ मा पहिलो ट्वान्टी ट्वान्टी, माघ १८ मा दोश्रो ट्वान्टी ट्वान्टी र माघ २० मा तेश्रो ट्वान्टी ट्वान्टी खेल्दै युएई भ्रमण समाप्त गर्ने छ ।
हाल नेपाल क्रिकेट संघ (क्यान) अन्तरास्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रतिबन्धमा परेकाले नेपालले आईसीसी मार्फत युएईसँगको शृंखला खेल्ने बेवस्ता मिलाएको हो ।
नेपालको युएई भ्रमणको तालिका
माघ ८ दुबई पुग्ने
माघ ९ अभ्यास
माघ १० अभ्यास
माघ ११ पहिलो एकदिवसिय
माघ १२ दोश्रो एकदिवसिय
माघ १३ बिश्राम
माघ १४ तेश्रो एकदिवसिय
माघ १५ बिश्राम
माघ १६ अभ्यास
माघ १७ पहिलो ट्वान्टी ट्वान्टी
माघ १८ दोश्रो ट्वान्टी ट्वान्टी
माघ १९ बिश्राम
माघ २० तेश्रो ट्वान्टी ट्वान्टी








