शहीद स्मारक ए डिभिजन लिग: एपिएफ पराजित हुँदै आर्मीको उपाधि होडबाट बाहिरियो

काठमाडौं । विभागीय टिम नेपाल आर्मीको शहीद स्मारक ए डिभिजन लिगको उपाधिहोड करिब समाप्त भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको दिनको पहिलो खेलमा आर्मी एपिएफसँग २–१ ले स्तब्ध भएको हो । आर्मीलाई स्तब्ध बनाउन एपिएफका आशिष लामाले २ गोल गरे । आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काएपनि टिमलाई हारबाट जोगाउन सकेन ।

१० औं राउण्डको खेल सकिदासम्म आर्मीको १८ अंक मात्रै रहेको छ । यता, लिग लिडर मनाङको भने ९ खेलबाट २७ अंक रहेको छ । एक खेल कम खेलेको मनाङ आर्मी भन्दा ९ अंकले अघि रहेको छ । लिगको अंक तालिकामा आर्मीभन्दा अघि मनाङ, थ्रीस्टार र संकटा क्लब छन् । १० खेल खेलेका थ्रीस्टारको २५ र संकटाको २३ अंक छ । आर्मीले लिग जित्ने गणीतीय सम्भावनामात्र बाँकी छ । अब उसले तीनवटा खेल खेल्न बाँकी छ ।

 

सम्बन्धित शिर्षकहरु