बिग ब्याश खेल्ने खेलाडीको नामावली सार्वजनिक,यस्ताे छ सन्दीपकाे टाेली

काठमाडौं । बिग ब्याश लिग अन्तर्गत सिड्नी थन्डरविरुद्धको पहिलो खेलका लागि मेलबर्न स्टार्सले खेलाडीको नामावली सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक १३ सदस्यीय खेलाडीको सूचिमा नेपाली बलर सन्दीप लामिछाने पनि छन् । कप्तान ग्लेन म्याक्सवेलको नेतृत्वमा रहने टोलीमा पाँच जना क्षमतावान डेब्यू खेलाडीको नाम छ । जसमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेसँगै ड्वाइने ब्राभो, ट्राभिस डिन, निक लार्किन र लान्स मोरिस छन् । यी पाँचै जना खेलाडी पहिलो पटक मेलबर्नको मरियो जर्सीमा देखिनेछन् ।

आज सार्वजनिक गरिएका खेलाडीले सातौं खेलसम्म निरन्तरता पाउनेछन् । लार्किन र मोरिस निक म्याडिसन र डान वोरालको इन्ज्युरीका कारण टिममा स्थान बनाउन सफल भएका हुन् ।

दायाँ हाते ब्याट्सम्यान लार्किन न्यू साउथ वेल्सका हुन् जसले परीक्षण खेलका क्रममा मेलबर्न रेनेजेडविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । २० वर्षे दायाँ हाते बलर मोरिस भने वेष्टर्न अष्ट्रेलियाका हुन् जसले केही महिनाअघि इंग्ल्याण्डविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका थिए ।

सार्वजनिक गरिएको मेलबर्न टिम

ग्लेन म्याक्सवे (कप्तान)
माइकल वियर
स्कट बोल्याण्ड
ड्वाइने ब्राभो
ज्याक्सन कोलम्यान
ट्राभिस डिन
बेन डंक
इभान गुल्बिस
सन्दीप लामिछाने
निक लार्किन
लान्स मोरिस
मार्कस स्टोनिस
एडम जाम्पा

सम्बन्धित शिर्षकहरु