एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलेलाई हराउँदै टोटनह्यामले तेस्रो स्थानको पकड बलियो बनाएको छ । घरेलु मैदान ह्वाइट हार्ट लेनमा भएको खेलमा क्रिष्टियन इरिक्सनले इन्ज्युरी समयमा गोल गरेपछि टोटनह्याम तीन अंक खोस्न सफल भयो । नियमित ९० मिनेटमा गोल गर्न नसकेपछि टोटनह्याम अंक बाँढ्ने संघारमा पुगेका बेला ह्यारी केनको पासमा इरिक्सनले गोल गर्दै टोटनह्यामलाई जित दिलाए ।
जितसँगै टोटनह्याम तालिकामा ३९ अंक जोड्दै तेस्रो स्थान कायम छ । उसले चौथो स्थानको चेल्सीलाई पाँच अंकले पछि छोडेको छ । यद्यपी चेल्सीले एक खेल कम खेलेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ४४ अंक हुँदा लिभरपुलको भने ४२ अंक छ ।








