
अमृत शर्मा सिड्नी, अस्ट्रेलिया । यहि नोभेम्बर २४ तारिखदेखि चीनको बेजिईङमा भइरहेको मिस ग्लोब २०१८ को ग्राण्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक नेपाली चेली कोपिला अधिकारीले भाग लिने भएकी छिन । उक्त प्रतियोगिता भने यही डिसेम्बर १, २०१८ मा सम्पन्न हुँदैछ ।
करिब ४४ देश को सहभागिता रहने प्रतियोगितामा नेपालबाट मिस ग्लोब २०१८ मा पुग्ने उनी पहिलो नेपाली चेली हुन । एकातिर मिस वर्ल्ड २०१९ कार्यक्रममा शृङखला खतिवडा नेपाललाई चिनाउनका लागि चीनमा प्रतिस्पर्धा गर्दैछिन् भने अर्कातिर फेरी चीनमा नै हुन गयिरहेको ४५ औ ‘मिस ग्लोब’ २०१८ कार्येक्रममा नेपाली चेली कोपिला अधिकारीले पनि प्रतिस्पर्धा गर्दै छिन् ।

कोपिला हालै सम्पन्न बाबा एडुकेसनल कन्सलटेन्सी मिस +2 स्टार २०१८ कि बिजेता पनी हुन् । कार्यक्रम परिवर्तन इभेन्ट् हाउस प्रा. लि ले आयोजना गरेको थियो भने हाल उनी काठमाडौंको टेक्सस इन्टरनेशनल कलेज मित्रपार्कमा कक्षा १२ मा अध्ययनरत छिन । कोपिलालाई सफलताको शुभकामना ।








