सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट,पारिश्रमिक ५७ लाख !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई पाकिस्तान सुपर लिग (पीएसएल) मा छनोट भएका छन् । मंगलबार भएको पाकिस्तान सुपर लिगले ड्राफ्ट सूचीमा रहेका नेपालका सन्दीप लामिछानेलाई क्वालान्दर्सले खरिद गरेको हो।

लाहोर कलन्दर्सले न्यूनतम् ५० हजार डलमा खरिद गरेको छ। विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ। युवा लेग स्पिनर सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका थिए।
यस टोलीको कप्तानी चर्चित क्रिकेटर एबी डिभिलियर्सले सम्हाली रहेका छन्। चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछ। यसको उद्घाटन खेल यूएर्इको दुबर्इमा हुनेछ भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुनेछ।

 

सम्बन्धित शिर्षकहरु