एजेन्सी । मि टु अभियान अभियानले सलमान खानलाई पनि मुछेको छ। सलमान र उनका भाइहरु अरबाज तथा सोहेलले यौन शोषण गरेको आरोप कलाकार पूजा मिश्राले लगाएकी छिन्।
मोडल र वीजे रहिसकेकी पूजाले फिल्म सुल्तानको शूटिंगको क्रममा सलमान र उनका भाइले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन्। पूजाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै भनेकी छिन्, सलमान खान, अरबाज र सोहेलले एकपटक होइन कैयौ पटक उनको बलात्कार गरेका छन्।
यद्यपी सामाजिक सञ्जाल प्रयोगकर्ताले पूजाको आरोपलाई पत्याएका छैनन्। उनीहरुले पब्लिसिटीका लागि मात्र आरोप लगाएको टिप्पणी गरेका छन्। केही प्रयोगकर्ताले पूजालाई आफ्नो दिमागको उपचार गराउन सुझाव दिएका छन्। सलमान र उनका भाइमाथिको आरोपपछि पूजा ट्रोल बनेकी छिन्। यसअघि अन्तर्गत बलिउडका कलाकार, निर्देशक र निर्मातामाथि यौन दुर्व्यवहारको आरोप लागिरहेको छ। यसमा नाना पाटेकर, आलोक नाथ, साजिद खान, कैलाश खेर, सुभाष घई र जतिन दासमाथि गम्भीर आरोप लागेको छ।








