शरद गौचन हत्याकाण्डका मुख्य अभियुक्त सहित तीन पक्राउ

काठमाडौं । प्रहरीले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या काण्डका मुख्य अभियुक्तहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार कोटेश्वरबाट मुख्य अभियुक्त रोशन बुढाथोकी, अम्बर बहादुर रानामगर र लोप्साङ लामालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अभियूक्त अमर रानामगर नै शरदका मूख्य सूटर थिए । तीनै जना अभियुक्तलाई प्रहरीले आजै सार्वजनिक गर्ने भएको छ । गौचनको अघिल्लो वर्ष असोज २३ गते काठमाडौँको बानेश्वरमा गोली हानी हत्या गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु