असनेपालन्युज। सिड्नी , इण्डोनेशियाको जाकर्तामा एक यात्रु वाहक हवाइजहाज समुद्रमा डुबेर क्षति ग्रस्त बनेको छ । दुई नावालक सहित १८९ जना यात्रु बोकेको सो जहाज उडान भरेको १३ मिनेटमै संपर्क बिच्छेद बनेको थियो ।डुबेको स्थानमा बिमानका केहि टुक्राहरू फेला परेको उद्दार टोलिका प्रतिनिधिले एजेन्सिलाई जनाएका छन्। लिओन नामक सो बिमानका यात्रुहरू सबै हराइरहेका छन् र जीवित भेटिने संभावना न्युन रहेको इन्डोनेशिया हावाई अड्डाका अधिकारिले जनाएका छन्। युरोपेली युनियनले सो बिमान कम्पनिलाई न्युन सुरक्षा मापदण्ड अपनाएको भन्दै सन् २००६ बाटै आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाएको थियो । हराईरहेका यात्रुहरूका शोक विह्वल परिवारजनहरू अहिले एक स्थानमा भेला भएर श्रद्दान्जली दीइरहेका न्युज डट्कम ले जनाएको छ ।








