लक्ष्मण श्रेष्ठ एनआरएनए प्रेसिडेण्ड अवार्डबाट सम्मानित

अष्ट्रेलिया । नेपाली समुहका अगुवा व्यक्तित्व तथा नेपालीज पेन्सस् कम्युनिटिका अध्यक्ष लक्ष्मण श्रेष्ठ गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए)ले प्रदान गर्ने प्रेसिडेण्ड अवार्डबाट सम्मानित भएका छन् ।

एनआरएनएको साधारण सभाकोबाट घोषणा गरेको अवार्डबाट नेपलीज पेन्सहर्स्ट कम्युनिटीका अध्यक्ष एवं मृदुभाषी समाजसेवी लक्ष्मण श्रेष्ठ सम्मानित भएका एनआरएन अष्ट्रेलियाले जनाएको छ ।

एनआरएनए प्रेसिडेण्ड अवार्ड १० जनाले पाएका छन् । एनआरएनएका पूर्व अध्यक्ष एवं गत निर्वाचनमा प्रमुख आयुक्तको जिम्मेवारी सफलतापूर्वक बहन गरेका अग्रज एनआरएनए अभियन्ता सुरेन्द्र सिग्देल प्रेसिडेन्सियल अवार्डवाट सम्मानित भएका छन् ।

प्रेसिडेन्ट अवार्ड पाउनेहरुमा लक्ष्मण श्रेष्ठ, डा.रामकृष्ण निरौला, डा. राजु अधिकारी, डा.बन्दिता मैनाली भुषाल , किरण अधिकारी,  प्रेमजंग थापा, प्रेरणा मल्ल, रजिश अर्याल, रोसन शेर्पा, डा.भरतराज पौडेल,यति एफ्सी भिआइसी र युवराज कँडेललाई प्रदान गरिएको छ । May be an image of Laxman Shrestha

प्रत्येक दुई वर्षमा वितरण गरिने यो अवार्डका लागि विभिन्न १५ विधामा आवेदन माग गरिएको थियो । अवार्डलार्ई निष्पक्ष र सहि मूल्यांकन गर्न ३ महिलासहित १५ जनाको ‘टास्कफोर्स’ समेत गठन गरिएको थियो । डाक्टर, पत्रकार, युवा अभियन्ता, ब्यवसायी लगायतसँग सम्बन्धित ब्यक्ति सहभागी समितिको मूल्याँकनका आधार अवार्ड घोषणा गरिएको हो ।

सम्बन्धित शिर्षकहरु