एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको घरमा पठाइएको छ । ओबामा र क्लिन्टनको घरमा प्याकेटमा बम पठाएको जनाएको छ । समाचार एजेन्सीहरुका अनुसार, बम पठाएको खबर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि दिइएको छ । यस अघि डेमोक्रयाटिक पार्टीका मुख्य सहयोगी अर्बपति जार्ज सोरोसको घरमा पनि प्याकेटबाटै बम पठाइएको थियो । अनुसन्धान अधिकारीहरु तीनै ठाउँमा पठाएको बमका विषयमा अध्ययन गरिरहेको जनाएको छ ।
हुलाक मार्फत पठाएका बमका विषयमा छिट्टै पत्ता लाग्ने अधिकारीहरुले जनाएका छन् । ओबामालाई पठाएको प्याकेट बुधबार वासिंगटनमा अनुसन्धानकर्ताहरुले नियन्त्रणमा लिएको हो ।
क्लिन्टनलाई पठाएको बम भने मंगलबार नै नियन्त्रणमा लिएको जनाएको छ । अमेरिकी संघीय जाँच एजेन्सी (एफबीआई)ले क्लिन्टनलाई पठाएको बम नियनत्रणमा लिएको स्वीकारेको छ । यसैबीच ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सराह स्यान्डर्सले यसको कडा निन्दा गरेकी छन् । अहिले जाँच शुरु गरिएको र जो कोही भएपनि कानुनि कारवाहीको पक्रियामा ल्याइने उनले बताएकी छन् ।








