गुर्जा हिमाल आरोहणमा क्रममा मृत्यु भएका तीन जनाको सनाखत (अपडेट)

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि गएका चार नेपालीसहित नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जनाको सनाखत भएको छ ।
घटनामा परेका चार नेपालीमा एक जना गुर्जा गाउँकै २६ वर्षीय नेत्रबहादुर छन्त्याल छन् भने अन्य तीन जना संखुवासभाका रहेको बुझिएको छ । संखुवासभाका तीनै जना भोटे समुदायका रहेको र एकजना छिरिङ भोटे रहेको धौलागिरि वडा नम्बर १ का अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । यसैगरी कोरियाली टिमका नेतृत्वकर्ता दक्षिण कोरियाका किम चङ हो रहेका छन् । बाँकीको परिचय खुल्न सकेको छैन । शव निकाल्ने प्रयास भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु