महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
अध्यात्मिक गुरु आचार्य राजन शर्मा भन्नुहुन्छ “जीवन अत्यनत सरल र सहज छ यदि जीउन जानीयो भने”।यो जीवन प्रकृतिले दिएको अमुल्य उपहार हो र यसलाई सदैव अरुको परोपकारमा लगाउनु पर्छ र त्यसैमा आनन्द प्राप्त हुन्छ।
सामाजिक परोपकारमा आफ्नो जीवनलाई अगाडी बढाई रहनु भएका अध्यात्मिक गुरु आचार्य राजन शर्माले एनआरएनए अष्ट्रेलिया एनएसडब्लु स्टेट काउन्सिलले पाथीभरा श्रद्धाश्रमको सहयोगार्थ गरिएको “फन्ड राईजिङ डिनर” कार्यक्रमा राख्नु भएको यो अत्यनत सकारात्मक र प्रेणादायी विचार एक पटक यो भिडीयो हेरौं।
नेपालको सिन्धुपाल्चोकमा जन्मिएका आचार्य राजन हाल सिड्नी अस्ट्रेलियामामा बस्दै आउनुभएको छ।उहां फिजीकालागि नेपाली साँकृतिक राजदुत,अन्तरराष्ट्रि नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ। संस्कृत वेदान्त, ज्योतिष तथा योग विज्ञानमा आचार्य (स्नाकतोकत्तर ) हासिल गर्नु भएका आचार्य राजन शर्माले पत्रकारिता , अर्थशास्त्र , अकाउन्ट मा समेत स्नातकोत्तर शिक्षा हासिल गर्नुभएको छ।आनन्द मार्ग ‘ अध्यात्मिक सम्प्रदाय बाट दिक्षा ग्रहण गर्नु भएका राजनले सन् २००७ देखि अस्ट्रेलियाको स्वामि सरस्वति आश्रम , रामचरितमानस वेदान्त केन्द्र , हरे कृष्ण मन्दिर मा भागवत र विज्ञान , अध्यात्म र विज्ञान लगायतका विषयमा निरन्तर प्रशिक्षण र प्रवचन गर्दै आउनु भएको छ।सिड्नीकै विश्वविध्यालयमा प्राध्यापन र अस्ट्रेलियन आईडियल कलेजमा अनुवाद शिक्षाका विभागीय प्रमुखका रुपमा कार्यरत राजनका तीन वटा साहित्यिक कृति छन् भने नेपालको विभिन्न परोपकारका परियोजनालाई पनि सघाईरहनु भएको छ।








