असार १२। एजेन्सी, डेढ साताअघि म्याराडोनाले मेसीको खुबै आलोचना गरेका थिए । मेसीसँग कुशल नेतृत्व गर्ने क्षमता नभएको म्याराडोनाले विवादस्पद टिप्पणी गरेका थिए ।
अर्जेन्टिना फाइनलमा पुग्दा म्याराडोनाले आफ्नो भनाइ पूरै परिवर्तन गरेका छन् । अब म्याराडोना पहिलाकै जस्तो मेसीका फ्यान बनेका छन् । कोपा अमेरिका फाइनलअघि म्यारोडोनाले मेसीको प्रशंसा गर्दै भने, ‘ मेसी एक महान खेलाडी हुनुका साथै नेतृत्व गर्न सक्ने व्यक्ति हुन् ।’
म्यारोडोनाले मेसीकै कप्तानीमा अर्जेन्टिनाको उपाधि खडेरी समाप्त हुने दाबी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।








