मृत्यु हुने चार जनाको सनाखत

timthumbअसार २५। नुवाकोट, पासाङल्हामु राजमार्गको ककनी–१ चौँतिस किलोमा पहिरोसँगै आएको ढुङ्गाले गुडिरहेको बसलाई थिच्दा मृत्यु हुने चार जनाको सनाखत भएको छ ।

किमताङबाट त्रिशूली हुँदै काठमाडौंँ जादै गरेको बा २ ख २८४१ नंको यात्रुवाहक बस पहिरामा पर्दा मृत्यु हुनेमा रसुवा जिल्ला भोर्ले–९ का ३५ वर्षीय प्रतिमान विक, नुवाकोट मदानपुर–१ का ५५ वर्षीय चक्रबहादुर सिंजापति, मदानपुर–६ का ५५ वर्षीय राजु नेपाल र ठेगाना नखुलेको ४० वर्षीय हरेराम बस्नेत रहेको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

दुर्घटनामा १० जना घाइते भएका छन् । ककनी गाविस वडा नं १ की विमला तामाङ, र वडा नं २ की अरुणा तामाङ, ककनी गाविसका आइतराम तामाङ तथा धादिङको सत्यदेवी गाविसकी श्रीमाया तामाङलगायत गम्भीर घाइतेलाई उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा पु¥याइएको छ ।

पहिरोसँगै आएको ढुङ्गाले बस थिचेर सडक नै अवरोध भएको छ । सडकबाट ढुङ्गा पन्छाउन नसकिएकाले पासाङल्हामु सडकमा यातायात रोकिएको छ

सम्बन्धित शिर्षकहरु