काठमाडौं,असोज २१ – यो वर्षको मनसुन सकिएको छ । मौसमविद्ले घोषणा गरे अनुसार गएको जेठ २५ गते २ दिन छिटो सुरु भएको मनसुन १२ दिन ढिलो गरी सकिएको हो ।सामान्यतया अंग्रेजी महिनाको जुन १० तारिखमा सुरु हुने मनसुन सेप्टेम्बर २३ तारिखमा सकिन्छ ।
तर केहि वर्षयता ढिलो गरी नेपाल प्रवेश गर्ने मनसुन ढिलो गरिनै सकिन थालेको छ । गएको वर्ष दुई दिन ढिला गरी १२ जुनमा सुरु भएको मनसुन १६ अक्टोबरमा सकिएको थियो । यो वर्ष मनसुनमा देशभरि नै औसतमा पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वायु बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरू भएको छ ।
आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आइतबारको न्यूनतम तापक्रम १३ दशमलब ७ र अधिकतम २७ डिग्री सेल्सियस रहने महाशाखाको अनुमान छ ।
असोज २१ गते (आईतवार)
दिउँसो : देशको पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदलि रहने तथा बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |पूर्वी र मध्य पहाडि भुभागका एक/ दुई स्थानमा हल्का वर्षा हुने संभावना देखिन्छ ।
राती : देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पुर्वी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको संभावना देखिन्छ।
असोज २२ गते (सोमवार)
दिउँसो : देशको पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |
राती : देशको पूर्वी र पश्चिम भू-भागमा आंशिक बदलि रहने संभावना देखिन्छ।
असोज २३ गते (मंगलबार)
दिउँसो : देशको पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ |
राती : देशको पूर्वी र पश्चिम भू-भागमा आंशिक बदलि रहने संभावना देखिन्छ।







