सेभिल्ला ‘कोपा डेल रे’को फाइनलमा प्रवेश

एजेन्सी । बुधबार राति भएको ‘कोपा डेल रे’को सेमिफाइनल खेलमा सेभिल्लाले लेगानेसलाई २-० गोलले पराजित गरेको छ । पहिलो लिग चरणमा १-१ गोलको बराबरी खेल खेले पनि सम्रगमा सेभिल्लाले ३-१ गोलले पराजित गरेको हो ।

सेभिल्लाका लागि पहिलो गोल जोक्युन कोरियाले खेलको १५ औ मिनेटमा गोल गरे । खेलको ८९ औ मिनेटमा फ्रान्को भाचकुचले दोस्रो गोल गरे । अब सेभिल्लाले फाइनलमा भ्यालेनसिया वा बार्सिलोनासँग खेल खेल्नेछ ।

सम्बन्धित शिर्षकहरु