साउन २८ । काठमाडौँ, सत्तारुढ दलले सरकार संचालनका लागि सहजीकरण र समन्वय गर्न भन्दै एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् । सिंहदरवारमा बिहीबार विहान बसेको सरकार समर्थित दलका शीर्ष नेताहरुको बैठकले सत्ता साझेदार मध्येको प्रमुख घटक एकीकृत माओवादी अध्यक्ष दाहलको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।
को को छन् संयन्त्रमा?
संयन्त्रमा एमालेबाट बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल र बिद्या भण्डारी सदस्य छन् । यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदार, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा संयुक्तका गणेश साह, राष्ट्रय जनमोर्चाका चित्रबहादुर केसी, नेमकिपाका नारायणमान बिजुक्छे र राप्रपा अध्यक्ष सहभागी छन् । संयन्त्रले सरकार संचालनका लागी सहयोग गर्ने र सरकारको नीति तथा कार्यक्रम बनाउन समन्वय गर्ने एमाले बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
समर्थक दलहरुको संख्या धेरै भएकाले सरकार संचालनमा आउन सक्ने खटपटलाई व्यवस्थापन गर्न सत्तारुढ प्रमुख दलले उच्चस्तरीय संयन्त्र गठन गरेका हुन् ।








