काठमाडौं । बगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको साबिक विजेता नेपाल यसपटक भने समूह चरणबाटै बाहिरिएको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसंग १–० ले पराजित भएसँगै नेपालको प्रतियोगिता यात्रा सकिएको हो ।
सिल्हेटस्थित जिल्ला स्टेडियममा प्यालेस्टाइनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा गोल खादै नेपाल पराजित हुन पुग्यो । प्यालेस्टाइनलाई जित दिलाउन मोहमद अलिविसादले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा हेड गोल गरेका थिए ।
यसअघि मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २ – ० ले पराजित भएको थियो । समुह ए को नेपाल अंकबिहीन बन्दै समुहचरणबाटै बाहिरीएको हो ।








