काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पिडितहरुले नीजि आवास पुनर्निर्माण गर्न अनुदान रकम लिन नयाँ समयसीमा तोकेको छ । पहिलो किस्ता समेत प्राप्त गर्न बाँकी रहेका लाभग्राहीको हकमा भने प्राधिकरणले फरक समयसीमा तोकेको छ ।
एक सूचना जारी गर्दै प्राधिकरणको निर्देशक समितिको बैठकले घर निर्माणका लागि अनुदानको पहिलो किस्ता प्राप्त गरिसकेका र पहिलो किस्ता नै नपाएका लाभग्राही हकमा सूचना निकालेको छ ।
प्राधिकरणका अनुसार २०७५ असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने नीजि लाभग्राहीले दोस्रो किस्ता यसै वर्षको पुष मसान्तभित्र लिइसक्नुपर्नेछ । यस्तै २०७५ पुस मसान्त भित्र दोस्रो किस्ता लिइसक्ने लाभग्राहीले २०७६ बैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु भनिएको छ ।









