काठमाडौं । इन्धनको अभाव हुने देखिएपछि सरकारले विक्री वितरणका लागि कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोनमा उत्रिएपछि इन्धन ढुवानीमा समस्या भएको छ । आपूर्ति असहजताको कारण देखाउँदै सरकारले पेट्रोल, डिजेल विक्रीका लागि कोटा तोकेको हो । आयनिगमले पत्र पठाउँदै डिलरहरुलाई कोटा सिस्टम लागू गर्न भनेको छ ।
निगमले स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ । यस्तै अन्य हलुका सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल, डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।
एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ । कोटा प्रणाली अर्को सूचना जारी नभएसम्मका लागू हुने निगमले जनाएको छ ।









