दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने महासंघको निर्णय(विज्ञप्ती)

काठमाडौं । राष्ट्रिय यातायात व्यवसायी महासंघले सहमति तोड्दै दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो ।
|
आयल निगमले गत २ गते प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजलरमट्टीतेलमा ३ रुपैयाँ मुल्यवृद्धि गरेको थियो । नेपाल आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता नगरे अग्रिम बुकिङ टिकट खुल्ला नगर्ने भन्दै महासंघले मंगलबार २४ घन्टे अल्टिमेटम दियो । तर, सरकारले मूल्यवृद्धि फिर्ता नलिएपछि अग्रिम बुकिङ नखुलाउने निर्णय महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु