एजेन्सी । विश्व फुटबल महासंघ (फिफा)ले दिने यस वर्षको विश्व पुरुष खेलाडी वर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पूर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यीमध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए ।
तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए । फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै वर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा परेका थिए ।








