एसिया कप छनोट: नेपाल ओमानसँग पराजित

काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोट अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । किनरा ओभल मैदानमा भएको खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले १२ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर जित हात पारेको हो।

ओमानको जितमा खवर अलीले अविजित ८४ र जेसान मक्सुडले अविजित ५४ रन बनाए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि पहिलो ब्याटिङ गर्ने क्रममा सागर पुनले ८३, ज्ञानेन्द्र मल्लले ४५,आरिफ शेखले ३६ र करण केसीले २६ रन जोडेका थिए । यस्तै कप्तान पारस खड्का ६, दिपेन्द्रसिंह ऐरी ९, सुवास खकुरेल ४, सोमपाल कामी ५ रनमा आउट भए ।

यस्तै रोहितकुमार पौडेलले खाता नै खोल्न सकेनन् । नेपालका लागि एकमात्र विकेट पारसले लिएका थिए भने अन्य २ ब्याट्सम्यान रनआउट भएका थिए । यस्तै आजै भएका अन्य खेलमा मलेसियाले हङकङ र युएइले सिङ्गापुरलाई पराजित गरेको छ ।

सम्बन्धित शिर्षकहरु