एजेन्सी । केहि समय अघि मात्र ब्वाइफ्रेन्ड अंगद वेदीसँग विवाह बन्धनमा बाधिएकी नेहा धुपिया ‘बेबी बम्प’ देखाउँदै र्याम्पमा उत्रेकी छन । ‘ल्याक्मी फेसन वीक’ को र्याम्पमा नेहा सँगै श्रीमान अंगद वेदी पनि र्याम्पमा उत्रिएका थिए । कार्यक्रममा दुवैले अभिभावक बन्न आफूहरु उत्साहित रहेको बताएका छन ।
लेक्मे फेशन वीकले आयोजना गरेको कार्यक्रममा बलिउडका कयौं अभिनेता तथा अभिनेत्रीहरुले र्याम्प वाक गरेका थिए । अभिनेत्री करीना कपूर खान, जान्हवी कपूर, विपाशा बासु, दिया मिर्जा, करिश्मा कपूर, इशा देवल र हेमा मालिनी, अभिनेता राजकुमार राव, अर्जुन कपूरलगायतले पनि विभिन्न डिजाईनरका पहिरनमा र्याम्प वाक गरेका थिए ।








