अल्ट्रा धाविका मीरा राई स्काइरनर वर्ल्ड सिरिजमा तेस्रो

काठमाडौं । नेपालकी अल्ट्रा धाविका मीरा राई ५२ किलोमिटर अल्ट्रा दौडमा तेस्रो स्थान हासिल गरेकी छन् । इटलीमा आइतबार भएको स्काइरनर वर्ल्ड सिरिजमा मीराले तेसो स्थान हासिल गरेकी हुन् । ८० किलोमिटरको अल्ट्रा दौडमा भने उनी विश्व बरियाताको दोस्रो स्थानमा छिन् । जुन उनले गत वर्ष हासिल गरेकी हुन् ।

आइतबार भएको स्पर्धामा उनले अल्ट्रा रुटको निर्धारित ५२ किलोमिटरको दूरी ७ घण्टा ४१ मिनेट ४६ सेकेण्डमा पूरा गरी तेस्रो भइन् । यस स्पर्धाको उपाधि अमेरिकी धाविका हिलारी जेरार्डीले जितिन् । उनले निर्धारित दूरी ७ घण्टा ३७ मिनेट २९ सेकेण्डमा पूरा गरिन् । ७ घण्टा ३९ मिनेट ०१ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी दक्षिण अफ्रिकी धाविका रोविन ओवेनले दोस्रो वरियातामा आइन् ।

मीरा अब इटलीबाट बेलायत प्रस्थान गर्नेछिन् । आगामी सेप्टेम्बर १४ मा उनले बेन नेभिस अल्ट्रा ६५ केजी दौडमा सहभागिता जनाउनेछन् । त्यो दौड पनि विश्व वरियाता अन्तर्गतकै प्रतिस्पर्धा हो ।

सम्बन्धित शिर्षकहरु