सीपीएलमा सन्दीपको जादु, लिए दुई विकेट

काठमाडौं । नेपाली युवा बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिगमा बुधबार पनि उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिन सफल भएका छन् । सीपीएलको चौथो खेलमा २ ओभर बलिङ गरेका सन्दीपले आफ्नो टोली ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ का लागि १३ रन खर्चिएर २ विकेट लिएका छन्। सन्दीपले हालसम्म चारवटा म्याचमै आफ्नो प्रभाव देखाउन सफल भएका हुन् । उनले चार खेलमा कुल ७ विकेट लिइसकेका छन् ।

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको सान्ट लुसिया स्टार्सले १२.३ ओभरमा सबै विकेट गुमाई ६९ रन मात्रै बनाउन सक्यो। ७० रनको झिनो लक्ष्य पाएको ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले ७.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पार गर्‍यो। सन्दीपले लिएका दुवै विकेट निकै महत्त्वपूर्ण रहे।

सम्बन्धित शिर्षकहरु