एजेन्सी । बार्सिलोनाले नयाँ सिजनको पहिलो खेलम सुखद शुरुवात गरेको छ । घरेलु मैदानमा भएको ला लिगाको पहिलो खेलमा एलाभेसलाई ३–० ले हराउँदै बार्सिलोनाले सुखद शुरुवात गरेको हो । शनिबार राति भएको खेलमा क्लबको कप्तान बनेपछिको पहिलो ला लिगा खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले दुई गोल गरे । यस्तै फिलिप कोन्टिन्होले एक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा बार्सिलोनाले तीनै गोल दोस्रो हाफमा गरेको हो । ६४ औँ मिनेटमा कप्तान मेस्सीले गोल गर्दै क्लबलाई सुरुवाति अग्रता दिलाए ।
कोन्टिन्होले ८३ औँ मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारे । मेस्सीले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेपछि बार्सिलोना ३–० ले विजयी भयो ।
ला लिगामा राति नै भएका अरु खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ ले हरायो भने सेल्टा डी भिगो र स्पानियोलले १–१ को बराबरी खेले ।








