इन्डोनेसियामा सात रेक्टर स्केलको भूकम्प

एजेन्सी । इन्डोनेसियामा सात रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। आइतबार साँझको भूकम्पपछि सुनामीको चेतावनी समेत जारी गरिएको छ।

जकार्ता पोस्टकाअनुसार स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेर ४६ मिनेटमा भूकम्प गएकाे हाे। साे  भूकम्पकाे केन्द्रबिन्दु पूर्वी लोम्बोकबाट १८ किमी दक्षिण पश्चिम समुद्रमा भएको जनाएको छ। केन्द्रबिन्दु भूसतहबाट साढे १० किमी गहिराइमा रहेको छ।

सम्बन्धित शिर्षकहरु