जेठ ३१। तालुकान उत्तरी अफगानिस्तानको ताक्हार प्रान्तमा आइतबार एक सरकारी सवारीसाधन बमसँग ठोक्किँदा भएको दुर्घटनामा परी एक जिल्ला गभर्नरसहित चारको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ ।
स्थानीय समयाअनुसार आइतबार बिहान ७ः३० बजे इसकामिस जिल्लाका गभर्नर बम आक्रमणमा मारिएका प्रान्तीय सरकारका प्रवक्ता सिनातुल्ललाह टिमोरले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।
दक्षिणपश्चिम प्रान्तीय राजधानी तालुकानमा भएको सो आक्रमणमा गभर्नरका साथ रहेका अन्य तीन प्रहरी पनि मारिएका छन् ।
यस आक्रकमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएका छैन् । तर यस्ता आक्रमणहरु बारम्बार तालिवानी आतङ्ककारी समूहले नै गराउँदै आएका हुनाले यस आक्रमणमा सोही समूहको हात रहेको प्रहरीको अनुमान रहेको छ ।
अमेरिकासँग आवद्ध नेटो सैनिकले अफगानिस्तानमा जारी तालिवानसँगको युद्धमा युद्धभूमिमा गएर लडाई गर्न गत जनवरीदेखि छोडेपछि तालिवानको आक्रमणमा अफगान सुरक्षाबलको हताहत बढेको जनाइएको छ ।
अफगानिस्तानमा हाल बाँकी रहेका नेटो सैनिकले अफगान सैनिकलाई तालिम, सल्लाह र अन्य सहयोग गर्ने गरेका छन् ।








