१ सय ९० रनको लक्ष्य पछ्याउँदै नेपाल

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय(अोडिअार्इ) खेलिरहेको नेपाल नेदरल्याण्डसले दिएको १ सय ९० रनको लक्ष्य पछ्याइरहेको छ।
नेदरल्याण्डसको भिएआर मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४७.४ अोभरमा सबै विकेट गुमाएर १ सय ८९ रन बनाएको हो।

नेपाललार्इ सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए। सोमपालले तेस्रो अोभरमा ड्यानियल टेर ब्राकलार्इ १ रन खेलिरहँदा बोल्ड पारेका हुन्।

कप्तान पारस खड्काले नेपाललार्इ दोस्रो सफलता दिलाएका थिए। उनले २० रनमा खेलिरहेका बेन कपुरलार्इ एलबिडब्लुको सिकार बनाएका थिए।

यस्तै युवा लेग स्पिनर सन्दीप लामिछानेले नेपाललार्इ तेस्रो सफलता दिलाएका थिए। उनले २९ रनमा खेलिरहेका स्टिफिन मार्इवर्घलार्इ बोल्ड पारेका हुन्। ३२ बलको सामना गरेका स्टिफिनले ४ चौका र १ छक्का प्रहार गरेका थिए।

कप्तान पारस खड्काले दोस्रो विकेट लिँदा नेपालले चौथो सफलता हात पारेको थियो। पारसले विस्ले बारेसी १२ (२२) लार्इ अारिफ सेखको हातबाट क्याच गराएका थिए।

सोमपाल कामीले दोस्रो विकेट लिदाँ नेपालले पाचौं सफलता हात पारेको थियो। सोमपालले बास डि लिडेगलार्इ ३०(६०) रनमा विकेट किपर अनिल साहको हातबाट स्टपिङ गराउँदै नेपाललार्इ पाचौं सफलता दिलाएका हुन्।
त्योसँगै नेदरल्याण्ड्सको लागि पाँचौं विकेटको ६८ रनको साझेदारी टुटेको थियो मिकेल रिप्पेनसँग मिलेर लिडेगले सो साझेदारी गरेका थिए।

राष्ट्रिय टोलीबाट अाफ्नो अन्तिम विदेश भ्रमणमा रहेका शक्ति गौचनले मिडविकेटमा नेदरल्याण्ड्सका कप्तान पिटर सिलरको उत्कृष्ट क्याच समात्दै नेपाललार्इ छैटौं सफलता दिलाएका थिए। बसन्त रेग्मीले ५(१३) रनमा खेलिरहेका पिटरलार्इ शक्तिको हातबाट क्याच गराउँदै पवेलिएन फर्काएका थिए।

कप्तान पारस खड्काले ४० अौं अोभरमा दुर्इ विकेट लिदैँ नेदरल्याण्ड्सका ८ अाठौं विकेट झारेका थिए। उनले अोभरको दोस्रो बलमा ५१ रनमा मिकेल रिप्पन र सोही अोभरको चौथो बलमा सेन स्नाटरलार्इ खाता नै खोल्न नदिइ बोल्ड गरे।

करण केसीले नेपाललार्इ नवौं सफलता दिलाएका छन्। १८ रनमा खेलिरहेका स्कट इडवार्ड्सलार्इ उनले एलबिडब्लुको धरापमा पारेका थिए। यस्तै सोमपालले फ्रेड कालासानलार्इ विकेट किपर अनिलको हातबाट क्याच गराउँदै अन्तिम विकेट लिए।

सम्बन्धित शिर्षकहरु