काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४-७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ ।महाशाखाले उपत्यकामा मादकपदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, जथाभावी सवारीसाधन रोक्ने, क्षमताभन्दा बढी सामान राखेर हिँड्ने, सिटवेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाहीवापत उक्त राजश्व संकलन गरेको हो ।
महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले चार लाख ७१ हजार ९६८ सवारीसाधनको कारबाहीवापत उक्त राजश्व संकलन गरिएको जानकारी दिए ।






