स्थानीय निर्वाचन अधिकृतको सूची संशोधन, ७१ जना हटाएर नयाँ नियुक्त (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गरेको छ ।

आयोगले बुधबार एक सूचना मार्फत आयोगले ७१ जना निर्वाचन अधिकृत हटाएर उनीहरूको स्थानमा नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

विभिन्न कारणले हटाउनु परेको उल्लेख गरेको छ। उनीहरूलाई बुधबारदेखि नै लागु हुने गरि हटाइएको बताए पनि के कारणले हटाउनु परेको भन्ने चाहिं खुलाएको छैन।

नव नियुक्त अधिकृतहरूलाई २९ चैतमा अभिमुखीकरण तालिममा सहभागी हुन भनिएको छ।

सम्बन्धित शिर्षकहरु