विराटनगर, गणतन्त्र दिवसको उपलक्ष्यमा आज विराटनगरमा प्रभातफेरी गरियो ।
जिल्ला विकास समितिको परिसरबाट सुरु भएको सो प्रभातफेरी नगरको विभिन्न भागमा परिक्रमा गरी पुनः सोही परिसरमा सम्पन्न भयो ।
उक्त प्रभातफेरीमा कर्मचारी, प्रहरी, राजनीतिक दलका प्रतिनिधिका साथै नर्सिङ क्याम्पसका छात्राको पनि सहभागिता थियो ।
सो अवसरमा सहिदको तस्बिरमा माल्र्यापण गरी गणतन्त्रको महत्वको सम्बन्धमा प्रजिअ तोयम राय र राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष भोगेन्द्र यादवले आफ्ना धारणा प्रकट गरेका थिए।
जिविसका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।








