जिम्बाब्वेविरुद्ध फखर जमानको दोहोर शतक रचे इतिहास

एजेन्सी । पाकिस्तानका ओपनिङ ब्याट्सम्यान फखर जमानले जिम्बाब्वेविरुद्धको खेलमा दोहोरो शतक हानेका छन् । जमानले पाँच खेलको एकदिवसीय श्रृङ्खलामा नटआउट २१० हान्दै इतिहास रचेका हुन् । यससँगै उनले अनवरको २१ वर्ष पुरानो रेकर्ड तोडिदिएका छन् । अनवरले सन् १९९७ मा भारतविरुद्धको खेलमा १९४ रन बनाएका थिए ।

पाकिस्तानले जमानको २१० रन र इमाम उल हकको ११३ रनको सहायताले ३९९ रन बनाएको थियो । ४ सय रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वे ४२ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १५५ रनमा समेटियो ।

सम्बन्धित शिर्षकहरु