रुकुम जीप दुर्घटना:मृतकको संख्या ७ पुग्यो

काठमाडौं ।  रुकुममा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । बुधबार कमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप बुधबार रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा दुघर्टना भएको थियो ।

मृत्यु हुनेमा बाँके कोहलपुरकी ललिता परियार, पुथा उत्तरगंगा–१ मैकोटका कुमार पुन, सोही ठाउँका बुद्धिराज पुन, पुथा उत्तरगंगा–१४ राङसीकी सालेना बर्मा, पुथा उत्तरगंगा– १३ की तिर्सना तुलाचन, भूमे–४ का अर्जुन विक ९जीप चालक० र पुथा उत्तरगंगा–२ का किरण पुन रहेका छन् ।

दुर्घटनामा परि मुसिकोट नगरपालिका–१२ का जयवीर कामी, पुथा–११ की प्रमिला बुढा मगर, पुथा–२ का धनीराम पुन, र पुथा–२ की सम्झना पुन मगर गम्भीर घाइते भएका छन् ।

 

सम्बन्धित शिर्षकहरु