गाउँदा गाउँदै किन रोइन् पपगायिका म्याडोना?

एजेन्सी, स्टेज पर्फर्मेन्सकै क्रममा पपगायिका म्याडोना सबैका अगाडि रोइन् । फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमलामा मारिएका व्यक्तिहरूको सम्झनामा आयोजना गरिएको एउटा कन्सर्टमा सांगीतिक प्रस्तुति दिने क्रममा उनी रोएकी हुन् । स्विडेनको राजधानी स्टकहोममा कन्सर्ट आयोजना भएको थियो ।

प्रस्तुतिपछि दर्शकलाई सम्बोधन गर्दै म्याडोनाले भनिन्, ‘शो गर्दाखेरि मलाई एकदमै अप्ठेरो भइरहेको थियो । फ्रान्समा जे भयो, त्यसलाई मैले भुल्न सकिरहेको छैन । मूर्खतापूर्ण तरिकाबाट मूल्यवान जीवनलाई बर्बाद गर्ने आतंकवादी कृत्य मेरो मनबाट अझै हट्न सकेको छैन ।’

सयौँ मानिसले प्रियजन गुमाएको बेला आफूले डान्स गरेको उल्लेख गर्दै म्याडोनाले थपिन्, ‘तर, हामीले यसो गर्नु किन पनि आवश्यक छ भने ती आतंकवादी हाम्रो आवाज बन्द गर्न चाहन्छन् । उनीहरूलाई असफल बनाउन पनि हामीले यस्ता कार्यक्रम गर्नुपर्छ ।

सम्बन्धित शिर्षकहरु